एनआईसी एशिया बैंकले ३०.५३ प्रतिशत लाभांश दिने

एनआईसी एशिया बैंकले ३०.५३ प्रतिशत लाभांश दिने

काठमाडौं : एनआईसी एशिया बैंकले सेयरधनीलाई ३०.५३ प्रतिशत लाभांश दिने भएको छ। 

आज शुक्रबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९÷८० को मुनाफा तथा सञ्चित नाफाबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

बैंकको प्रस्तावित लाभांशमध्ये हाल कायम चुक्ता पूँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजारको २९ प्रतिशतले हुने ३ अर्ब ५३ करोड ६४ हजार ७९६ रुपैयाँ बोसन सेयर वितरण गर्ने प्रस्ताव गरेको हो। 

यस्तै लाभांशमा लाग्ने कर प्रयोजनको लागि १.५३ प्रतिशतले हुने १३ करोड ६५ लाख ३ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको हो।

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपनि सेयरधनीमा वितरण हुनेछ। 

राष्ट्र बैंकले तोकेको प्राथमिक पूँजीकोष पुर्याउन नसक्दा आर्थिक वर्ष २०७७÷७८ र आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट लाभांश बाँड्न नपाएको बैंकले ३ वर्षपछि लाभांश बाँड्ने भएको हो। 

भदौ २९, २०८० शुक्रबार १३:०३:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।