एसीसी यू–१९ प्रिमियर कपको लागि प्रारम्भिक टोली घोषणा
काठमाडौं : एसीसी यू–१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो।
क्यानले यू–१९ विश्वकप छनोट खेलेकाहरुलाई निरन्तरता दिएको छ। यू–१६ इस्ट जोन कप खेलेरका मुख्य तनि खेलाडी समेत टोलीमा अटाएका छन्।
यू–१६ टिमबाट कप्तान अभिषेक तिवारी, नरेन भट्ट र निरज यादवलाई टोलीमा समावेश गरिएको क्यानले जनाएको छ।
यू–१९ टिमको प्रारम्भिक टोलीमा आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर, दीपक ड्रुमे, दीपेक कंडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, देव खनाल छन्।
यसैगरी सुवास भण्डारी, विशाल केसी, मिलन बोहरा, प्रज्वल थापा, तुलबहादुर थापा, निर्मल गुरुङ, राजेश यादव, विपिन रावल, युनिस सिंह ठकुरी, अशोक पौडेल, अभिषेक तिवारी, नरेन भट्ट र निरज यादव पनि यू–१९ टिमको प्रारम्भिक टोलीमा समावेश छन्।
भदौ २९, २०८० शुक्रबार १२:२५:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।