मोटरसाइकल दुर्घटनामा परी एमाले नेता कार्कीको मृत्यु

मोटरसाइकल दुर्घटनामा परी एमाले नेता कार्कीको मृत्यु

काठमाडौं : सर्लाहीमा सवारी  दुर्घटनामा परी बागमती नगरपालिका ८ शंकरपुर निवासी ४९ वर्षीय एमाले नेता गणेश कार्कीको मृत्यु भएको छ। 

सर्लाहीको बागमतीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा गम्भीर घाइते भएका उनको उपचारको क्रममा हरिवनस्थित सरस्वती अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

कार्की सवार बा ३० प ९४०७ नम्बरको मोटरसाइकल विपरित दिशाबाट आउँदै गरेको ना ५९ प ५१७७ नम्बरको मोटरसाइकलसँग ठोक्किँदा दुर्घटना बताइएको छ। 

दुर्घटनामा ३ वर्षीया बालिकासहित तीनजना घाइते भएका छन्।

ना ५९ प ५१७७ नम्बरको मोटरसाइकलमा सवार हरिवन नगरपालिका– १ का ३२ वर्षीय मुकेशकुमार साह, उनकी श्रीमती २६ वर्षीया शान्ता कुमारी साह र ३ वर्षीया छोरी दुर्घटनामा घाइते भएका छन्। 

घट्नाबारे थप अनुसन्धान भइरहेको छ। 

भदौ २९, २०८० शुक्रबार १२:१६:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।