टीभीएसको मोटरसाइकल र स्कुटर किन्दा १० लाखसम्म जित्न सकिने
काठमाडौं : नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘हर मोडमा उमंग’ नामको विशेष योजना सार्वजनिक गरेको छ।
यो योजना अन्तर्गत ग्राहकले टीभीएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा रु १० लाखसम्म जित्न सक्ने कम्पनीले जनाएको छ।
योजना भाद्र २८ गतेबाट देशभर सीमित समयावधिका लागि उपलब्ध हुनेछ। ‘हर मोडमा उमंग’ योजना अन्तर्गत नकिन्दै https://www.tvsnepal.com/dashain मा गएर एक लाख जित्ने मौका र खरिद गरेपछि दस लाखसम्म जित्ने मौका रहेको छ।
हरेक महिना १०० प्रतिशत क्याशब्याक जित्ने अवसरका साथ एक भाग्यशाली विजेताले बम्परमा रु. १० लाखसम्म जित्न सक्ने कम्पनीले जानकारी दिएको छ।
साथै, कम्पनीले एक्चेन्जमा रु. १० हजारसम्म थप भ्यालुएशन तथा शून्य प्रतिशत ब्याजदर र २५ प्रतिशत डाउनपेमेन्टमा बाइक तथा स्कूटर घर लैजान सकिने सुविधा पनि दिएको छ। त्यसैगरी जीवनभरका लागि वारेन्टी सुविधापनि दिइने कम्पनीले बताएको छ।
विजेताहरूको घोषणा महिनाको पहिलो मंगलबार लक्की ड्र मार्फत साँझ ५ बजे जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरिने जनाएको छ।
जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो।
भदौ २९, २०८० शुक्रबार ११:४९:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।