‘एक भागवत एक गीता’ र ‘नाङ्गो गाउँ’ आजदेखि एकसाथ प्रदर्शनमा

‘एक भागवत एक गीता’ र ‘नाङ्गो गाउँ’ आजदेखि एकसाथ प्रदर्शनमा

काठमाडौं : आज (शुक्रबार) देखि दुई नेपाली फिल्म ‘एक भागवत र एक गीता’ र ‘नाङ्गो गाउँ’ प्रदर्शनमा आएका छन्। फरक फरक विषयवस्तुमा निर्माण भएका दुई नेपाली फिल्म एकसाथ प्रदर्शनमा आएका हुन्। 

फिल्म ‘एक भागवत र एक गीता’लाई झरना थापाले निर्देशन गरेकी छन्। यस फिल्ममा यौनिक अल्पसङ्ख्यक समुदायको कथालाई पेस गरिएको छ।

फिल्ममा विपिन कार्की, सुहाना थापा, धीरज मगर, कबीर खड्का लगायतको मुख्य भूमिका रहेको छ। जहाँ विपिन कार्की ट्रान्सजेन्डरको भूमिकामा देखिएका छन्। फिल्मलाई सुनील कुमार थापाले निर्माण गरेका हुन्। 

आजैबाट प्रदर्शनमा आएको ‘नाङ्गो’ गाउँले राजनीतिक विषयवस्तुलाई उठाएको छ। दीपेन्द्र लामाले निर्देशन गरेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, साम्राज्ञी आरएल शाह, कर्मा, बुद्धि तामाङ, रवीन्द्र झा, विशाल पहारी, कमलमणि नेपाल लगायतको अभिनय रहेको छ। 

हिमाल कडरिया प्रस्तुतकर्ता रहेको यो फिल्ममा जय श्रेष्ठको लगानी छ भने फिल्मका कार्यकारी निर्माता रामहरि श्रेष्ठ हुन्।

फिल्ममा आलोक शुक्लाको डीओपी, बनिष शाहको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, सुशान्त गौतम र दीपक शर्माको संगीत छ।

भदौ २९, २०८० शुक्रबार ११:३०:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।