रोयल इन्फिल्डको दुई नयाँ मोटरसाइकल सार्वजनिक

रोयल इन्फिल्डको दुई नयाँ मोटरसाइकल सार्वजनिक

काठमाडौं : रोयल इन्फिल्डले भृकुटीमण्डपमा जारी नाडा अटो शोमा दुई नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ।

रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले रोयल इन्फिल्ड क्लासिक ३५० सीसी डार्क एडिसन र क्लासिक ३५० सीसी क्रोम एडिसन सार्वजनिक गरेको हो।

कम्पनीले क्लासिक ३५० सीसी डार्क एडिसनको मूल्य ५ लाख २५ हजार रुपैयाँ र क्रोम एडिसनको मूल्य ५ लाख ३० हजार रुपैयाँ तोकेको छ। दुवै भेरियन्टको बुकिङ समेत खुलिसकेको छ।

दुवै मोटरसाइकलमा डुअल डिस्कब्रेक छ भने स्पीड सेन्सर पनि राखिएको छ। यी मोटरसाइकलमा किक स्टार्ट हटाएर सेल्फ स्टार्ट सिस्टम राखिएको छ भने अन्य फिचरहरू केही परिवर्तन नगरी पुरानै यथावत् राखिएको छ।

नयाँ दुवै मोटरसाइकल जे प्लेटफर्ममा निर्माण गरिएको हो। यी मोटरसाइकलमा ३४९ सीसी सिंगल सिलिन्डर, फ्युल इन्जेक्टेड फोर स्ट्रोक, एयर–ओयल कुल्ड, एसआएचसी एफआइ रहेको छ।

उक्त इन्जिनले अधिकतम ६१०० आरपीएममा २०.४८ बे्रकहर्स पावर र ४००० आरपीएममा २७ एनएमको टर्क जेनेरेट गर्छ।

टाइमलेस स्टाइलिङ डिजाइनमा रहेको यी मोटरसाइकलमा हेलोजन लाइट, एनालग डिजिटल इन्स्ट्रुमेन्ट मिटर, यूएसबी चार्जिङ पोर्ट, लामो मेटल एग्जस्ट, वाइडर सीट, वाइडर टायर, ट्युबलेस टायर, स्पीड सेन्सर, टेलिस्कोपिक सस्पेन्स र ट्वीन सक अब्जर्बार जस्ता फिचरहरू पाउन सकिन्छ।

भदौ २९, २०८० शुक्रबार ०९:४३:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।