दैलेखमा चट्याङ लागेर एक महिलाको मृत्यु, १६ जना घाइते

दैलेखमा चट्याङ लागेर एक महिलाको मृत्यु, १६ जना घाइते

दैलेख : दैलेखको महावु गाउँपालिका–१ खरीगैरामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। बिहीबार साँझ परेको चट्याङ लागेर खरीगैराका ४२ वर्षीया भूमिसरा खत्रीको मृत्यु भएको हो।

चट्याङ लागेर घाइते भएकी खत्रीको उपचारका क्रममा जिल्ला अस्पताल दैलेखमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिव विष्टले जानकारी दिए। चट्याङ लागेर अन्य १६ जना घाइते भएका छन्। 

भदौ २९, २०८० शुक्रबार ०७:५०:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।