आजको मौसम : मेघगर्जन सहित वर्षाको सम्भावना

आजको मौसम : मेघगर्जन सहित वर्षाको सम्भावना

काठमाडौं : आज (शुक्रबार) लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरूमा र कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

राति भने बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक/दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

भदौ २९, २०८० शुक्रबार ०७:१४:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।