बालेनपत्नीले सार्वजनिक गरिन् छोरीको तस्बिर

बालेनपत्नीले सार्वजनिक गरिन् छोरीको तस्बिर

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को छोरीको तस्बिर सार्वजनिक भएको छ।

प्रमुखकी पत्नी सविना काफ्लेले सामाजिक सञ्जाल टिकटकमा एक भिडियो पोस्ट गर्दै छोरीको तस्बिर सार्वजनिक गरेकी हुन्।

@sabeenakafle The feeling is surreal ❤️ 🌻🪷 पहिलो बुवा मुख हेर्ने दिन ❤️ #sabeenakafle #sabinakafle #balenshah ♬ original sound - Sabeena Kafle

काफ्लेले सार्वजनिक गरेको भिडियोमा प्रमुख शाह छोरीसँग खेलिरहेका देखिन्छन्। उनले छोरीलाई ‘हेल्लो’ भनेका छन्।

उनले पोस्टमा लेखेकी छन्, ‘अनुभूति यथार्थ हो। पहिलो बुवा मुख हेर्ने दिन।’ सँगै उनले तीनवटा ह्यासट्याग प्रयोग गरेकी छन्।

भदौ २८, २०८० बिहीबार २३:०३:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।