उकेरा टप फाइभ : हरिबहादुरले रेडियो नेपालमा भोगेको दुर्व्यवहारदेखि शक्तिशाली जोगाउने गरि सीआईबीले गरेको अनुसन्धानसम्म

उकेरा टप फाइभ : हरिबहादुरले रेडियो नेपालमा भोगेको दुर्व्यवहारदेखि शक्तिशाली जोगाउने गरि सीआईबीले गरेको अनुसन्धानसम्म

काठमाडौं : बिहीबार बुवाको मुख हेर्ने दिन तथा कुशे औँशी पर्व देशभर मनाइयो। बिहानैदेखि काठमाडौंको उत्तर पूर्वी भेगस्थित उत्तरगया भनेर पनि चिनिने गोकर्णेश्वर तीन लाख मानिसको भीड लाग्यो।

बिहीबारै संविाधन सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्येष्टि गरियो। उनको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरे। पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाए। उनको मुन्धुम र हिन्दु धर्मअनुसार अन्येष्टि गरियो।

बिहीबार बसेको प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकले नेम्वाङको शोक प्रस्ताव पारित गर्यो। दुवै बैठकले एक मिनेट मौन धारण गर्यो।

त्यसैगरी १९औं एसियाली खेलकुदमा सहभागी हुने खेलाडीहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिदाइ गरे। सोही क्रममा उनले खेलाडीका लागि घोषणा गरिएको सबै रकम निकासाका लागि शुक्रबारको मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने बताए।

अब लागौं उकेरा टप फाइभतर्फः
बिहीबार बिहानै उकेराले बुवाको मुख हेर्ने दिन तथा कुशे औंसी पर्व देशभर मनाइँदै गरेको समाचार लेख्यो। प्रत्येक वर्ष भाद्र कृष्ण औंसीका दिन पिताको सम्मान गरी यस पर्व मनाइन्छ।
पूरा समाचारः आज कुशे औंसी, बुबाको मुख हेर्ने दिन

यस्तै उकेराले दिउँसो बिहीबारै संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्येष्टि गरिएको समाचार लेख्यो। नेम्वाङको पार्थिव शरीरमा उनका दुई छोरा मिङ्सो र सुहाङ नेम्वाङले दागबत्ती दिए।
पूरा समाचारः संविधान सभा अध्यक्ष नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि, छोराले दिए दागबत्ती

दिउँसो नै उकेराले बुवाको मुख हेर्ने अवसरमा बुवाको कद नामक कविता छाप्यो। कवितामा बुवाको मिहिनेत र महिमालाई वर्णन गरिएको छ।
पूरा कविताः कविताः बुबाको कद

साँझपख उकेराले आफ्नो नियमित स्तम्भ हिजोका कुरा लेख्यो। जसमा लोकगायक हरिबहादुर राउतले आफ्ना अनुभव प्रस्तुत गरे। उनले रेडियो नेपालमा गीत रेकिर्डिङ गर्दाको सास्ती र त्यहाँ भोग्नुपरेको दुर्व्यवहारबारे उल्लेख गरे।
पूरा समाचारः गायक हरिबहादुर राउतको हिजोका कुराः रेडियो नेपालका कर्मचारीले लोकगीत गाउनेलाई ‘थर्ड क्लास’का मान्थे

राति उकेराले माओवादी नेता तथा उनका छोराहरूलाई जोगाउने गरी प्रहरीले अनुसन्धान गरेको समाचार लेख्यो।ब्युरोले नौ विदेशी र २३ नेपालीलाई पक्राउ गरेको थियो। १४ विदेशी र चार नेपाली फरार रहेको उल्लेख गरिएको विवरणमा गर्दा कुन पनि शक्तिशाली नेता र उनका परिवारविरुद्ध मुद्दा दर्ता गरेन।
पूरा समाचारः सुन तस्करीमा शक्तिशाली जोगाउने प्रहरी अनुसन्धान, ओरालीमा सीआईबीको साख

भदौ २८, २०८० बिहीबार २२:४२:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।