एसिया कपमा पाकिस्तानले श्रीलंकालाई दियो २५३ रनको लक्ष्य
काठमाडौं : एसिया कपअन्तर्गत सुपर फोरको पाकिस्तानले श्रीलंकालाई २५३ रनको लक्ष्य दिएको छ।
वर्षाका कारण ढिला सुरु भएर ४५ ओभरमा झारिएको खेल पछि ४२ ओभरमा झारिएको थियो।
श्रीलंकाको आर प्रेमादाशा क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ४२ ओभरमा ७ विकेट गुमाएर २५२ रन बनायो।
उसका लागि मोहम्मद रिजवानले अविजित ८६ रनको पारी खेले। यस्तै, अब्दुल्लाह साफिक्यू ५२, इफ्तिखर अहमद ४७, बाबर आजम २९ रन बनाएर आउट भए।
मोहम्मद नवाज १२, फकर जमान ४, मोहम्मद हरिश र साहदाब खानले ३ रन बनाए।
श्रीलंकाका मथीशा पथिरानाले तीन, प्रमोद मधुशानाले दुई तथा महिश थीक्शाना र दुनिथ वेल्लालागेले एक–एक विकेट लिए।
आजको खेलको विजेताले आइतबार हुने फाइनलमा भारतसँग उपाधिका लागि भिड्नेछ। भारतले मंगलबार श्रीलंकालाई हराउँदै फाइनलमा स्थान पक्का गरेको हो।
यदि वर्षाका कारण खेल हुन नसके नेट रनरेटका आधारमा श्रीलंकाले फाइनल खेल्नेछ। सुपर फोरको अंक तालिकामा श्रीलंका दोस्रो स्थानमा रहँदा पाकिस्तान तेस्रो स्थानमा छ।
भदौ २८, २०८० बिहीबार २१:५३:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।