पाकिस्तान र श्रीलंकाबीचको खेल रोकियो, खेल रद्द भए पाकिस्तान बाहिरिने

पाकिस्तान र श्रीलंकाबीचको खेल रोकियो, खेल रद्द भए पाकिस्तान बाहिरिने

काठमाडौं : एसिया कपअन्तर्गत सुपर फोरको पाकिस्तान र श्रीलंकाबीचको खेल वर्षाका कारण रोकिएको छ।

वर्षाका कारण ढिला सुरु भएर ४५ ओभरमा झारिएको खेलको २७.१ ओभरको खेल चलिरहँदा पानी परेपछि खेल रोकिएको हो।

श्रीलंकाको आर प्रेमादाशा क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको पाकिस्तानले पाँच विकेट गुमाएर १३० रन बनाएको छ।

उसका लागि अब्दुल्लाह साफिक्यूले सर्वाधिक ५२ रन बनाए। यस्तै बाबर आजमले २९ र मोहम्मद नवाजले १२ रन बनाए।

फकर जमान ४, मोहम्मद हरिश ३ रन बनाएर आउट हुँदा मोहम्मद नवाज २२ रन बनाएर अविजित छन्।

श्रीलंकाका मथीशा पथिरानाले दुई तथा महिश थीक्शाना, दुनिथ वेल्लालागे र प्रमोद मधुशानले समान एक–एक विकेट लिए।

बिहीबार (आज)को खेलको विजेताले आइतबार हुने फाइनलमा भारतसँग उपाधिका लागि भिड्नेछ। भारतले मंगलबार श्रीलंकालाई हराउँदै फाइनलमा स्थान पक्का गरेको हो।

यदि वर्षाका कारण खेल हुन नसके नेट रनरेटका आधारमा श्रीलंकाले फाइनल खेल्नेछ।

सुपर फोरको अंक तालिकामा श्रीलंका दोस्रो स्थानमा रहँदा पाकिस्तान तेस्रो स्थानमा छ।

भदौ २८, २०८० बिहीबार २०:०५:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।