दुई किलो धुलो सुनसहित भारतीय दम्पत्ती पक्राउ

दुई किलो धुलो सुनसहित भारतीय दम्पत्ती पक्राउ

एजेन्सी : सिङ्गापुरबाट आएको एक भारतीय परिवारबाट मुम्बई विमानस्थलमा एक करोडभन्दा बढी मूल्यको दुई किलो सुनको धुलो बरामद भएको एक जना भन्सार अधिकारीले बताएका छन्।

मुम्बई भन्सार अधिकारीका अनुसार एक करोड पाँच लाख २७ हजार रुपैयाँ बराबरको सुनको धुलो दम्पतिले आफ्ना भित्री वस्त्रमा र उनीहरूको तीन वर्षको बच्चाको डाइपरमा लुकाइएको सुनको धुलो बरामद भएको हो।

बरामद सुनको धुलो २४ क्यारेटको हो। बिहीबार अपराह्न उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ।

यसअघि केरलाको कोचीन अन्तरराष्ट्रिय विमानस्थलमा भन्सार अधिकारीहरूले सात सय ग्राम सुन मलद्वारमा लेप बनाएर आएका एक यात्रीलाई पक्राउ गरेको थियो। बरामद सुनको मूल्य ४० लाख रुपैयाँ पर्ने बताइएको छ।

भदौ २८, २०८० बिहीबार १९:०४:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।