एसिया कप : पाकिस्तान र श्रीलङ्काबीचको खेल ४५ ओभरमा झारियो, पाकिस्तानले ब्याटिङ गर्दै

एसिया कप : पाकिस्तान र श्रीलङ्काबीचको खेल ४५ ओभरमा झारियो, पाकिस्तानले ब्याटिङ गर्दै

काठमाडौं : एसिया कप क्रिकेट अन्तरगत सुपर फोरमा पाकिस्तान र श्रीलङ्काबीचको खेल ४५ ओभरको झारिएको छ। 

बर्षाका कारण  डिले भएको खेलमा श्रीलङ्काको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियम पाकिस्तानका कप्तान बाबर आजमले तस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। 

वर्षाका कारण समयमै खेल सुरु हुन नसक्दा ५० ओभरको खेललाई ४५ ओभरमा झारिएको हो। 

४५ ओभरको खेलमा पहिलो पावरप्ले ९ ओभरको, दोस्रो पावरप्ले २७ ओभरको र तेस्रो पावरप्ले ९ ओभरको हुनेछ।

यो खेलको विजेताले फाइनलमा स्थान बनाउनेछ। भारत यसअघि नै फाइनलमा पुगिसकेको छ। फाइनल खेल आइतवार कोलम्बोमा हुनेछ। 

पाकिस्तानको प्लेइङ -११ :

फखर जमान, अब्दुल्ला शफीक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान (विकेटकीपर), मोहम्मद हारिस, इफ्तिखार अहमद, शादाब खान, मोहम्मद नवाज, शाहीन अफरीदी, मोहम्मद वसीम जूनियर, जमान खान।

श्रीलंकाको प्लेइङ - ११

पथुम निसांका, कुसल परेरा, कुसल मेंडिस (विकेटकीपर), सदीरा समरविक्रमा, चैरिथ असलांका, धनंजय डी सिल्वा, दासुन शनाका (कप्तान), दुनिथ वेलालगे, महीश तीक्ष्णा, प्रमोद मदुशन, मथीशा पथिराना। 
 

भदौ २८, २०८० बिहीबार १७:३९:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।