खेलाडीले पाउने सबै पैसा भोलिको क्याबिनेटबाट निकासा हुन्छ : प्रधानमन्त्री प्रचण्ड

खेलाडीले पाउने सबै पैसा भोलिको क्याबिनेटबाट निकासा हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलाडीले पाउने पुरस्कार रकम शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकबाट निकासा हुने बताएका छन्।

१९औं एसियाली खेलकुदमा सहभागी हुन चीन जान लागेका खेलाडीहरूको बिदाइका लागि बालुवाटारमा भएको कार्यक्रमाम प्रधानमन्त्री दाहालले नियमावलीको समस्याका कारण खेलाडीलाई दिइने पुरस्कारको रकम निकासामा समस्या भएको बताउँदै त्यसको पनि समाधान भइसकेको बताए।

‘प्राविधिक र नीतिगत कारणले खेलाडीको रकम ढिला हुन गएकोमा म दुःख व्यक्त गर्न चाहन्छु। मैले नैै घोषणा गरेको पुरस्कार नियमावलीका अभावका कराण निकासामा समस्या परेको थियो,’ उनले भने, ‘अहिले त्यो नियमावली बनेको छ। अर्थ मन्त्रालयबाट स्वीकृत भई आजै खेलुकद मन्त्रालयमा आइपुगेको छ। भोलिको क्याबिनेटबाट सबै पैसा निकाशा हुन्छ।’

प्रधानमन्त्री दाहालले १९औं एसियाली खेलकुदमा सहभागी हुन जाने खेलाडीहरूलाई उच्च मनोबलका साथ खेल्न आग्रह गर्दै सरकार र पूरै नेपाली जनता तपाईंहरूको साथ रहेको बताए।

नेपालले एसियाली खेलकुदमा २९ वटा खेलमा सहभागी जनाउँदैछ, जहाँ २५३ जना खेलाडी सहभागी हुँदैछन्।

भदौ २८, २०८० बिहीबार १७:२१:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।