एसियन गेम्सको उद्घाटन समारोहमा प्रधानमन्त्री दाहाल सहभागी हुने

एसियन गेम्सको उद्घाटन समारोहमा प्रधानमन्त्री दाहाल सहभागी हुने

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड १९औं एसिएन गेम्सको उद्घाटन समारोहमा सहभागी हुने भएका छन्।

सेप्टेम्बर २३ मा हुने एसियन गेम्सको उद्घाटन समारोहमा चिनियाँ राष्ट्रपति सी जिन पिङसँगै सहभागी हुन लागेका हुन्।

एसियन गेम्समा सहभागी हुन लागेका खेलाडीलाई बिदाइ गर्नका लागि प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री आफैँले यसको पुष्टि गरेका हुन्।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङका अनुसार नेपालले एसियन गेम्सको २९ वटा खेलमा सहभागी जनाउँदैछ, जहाँ २५३ जना खेलाडी सहभागी हुँदैछन्।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री डिगकबहादुर लिम्बुले सिंगो नेपाल सरकार र नेपाली जनता खेलाडीको साथमा रहेको भन्दै दृढ भएर पदक आउनेगरी प्रदर्शन गर्न आग्रह गरे।

नेपाली खेलाडीहरू खेल्नका लागि विदेश जान लागेको अवस्थामा रातो पासपोर्टको व्यवस्था गर्नसमेत आग्रह गरे।

देशको प्रतिनिधित्व गर्ने खेलाडीले घण्टौं लाइनमा बसेर दुःख भोग्नुपरेको भन्दै उनले त्यो समस्या हटाउनका लागि प्रधानमन्त्रीसमक्ष प्रस्ताव राखेको बताए।

भदौ २८, २०८० बिहीबार १७:०८:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।