आइसरको ग्राहक भेला नेपालगञ्जमा सम्पन्न

आइसरको ग्राहक भेला नेपालगञ्जमा सम्पन्न

काठमाडौं : आइसरको ग्राहक भेटघाट कार्यक्रम बाँकेको नेपालगन्जमा सफलतापूर्वक सम्पन्न भएको छ।  बिहिबार भएको उक्त भेलामा ५० जनाभन्दा बढी ग्राहकहरूको सहभागिता रहेको थियो।

भेलामा सहभागीहरूले आइसर 3015 J HSD मोडेलका आकर्षक फिचर र सकारात्मक पक्षहरूबारे उत्सुकतापुर्वक जानकारी लिएको कम्पनीले जानकारी दिएको छ। 

भेलाका सहभागीहरूलाई गाडीको शक्तिशाली इन्जिन, माइलेज र उच्चस्तरीय सुरक्षा सुविधाजस्ता प्रभावकारी फिचरहरूका बारेमा जानकारी गराइएको थियो।  

बतास एम.ए. डब्लू.का प्रडक्ट  म्यानेजर ठाकुर कुमार गाहले भने, ‘नेपालगन्जका हाम्रा ग्राहकहरूको सकारात्मक प्रतिक्रियाबाट हामी साँच्चै खुसी छौँ। सहभागीहरूको उत्साहजनक सहभागिताले आइसरका उत्पादनप्रतिको विश्वास झल्काउँछ। साथै २७ प्रतिशत उकालोमा सजिलै आइसर 3015 J HSD मोडेलको गाडीले १०.३ टन भार बहन गर्न सक्छ।’

प्रिमियम नेक्स्ट जेनेरेसन लेबल उत्पादन रहेको आइसर घण्ज्ञछ व् ज्क्म् बाट तुलात्मक रूपमा पाँचदेखि आठ प्रतिशत अतिरिक्त माइलेज पाउनुको साथै लामो यात्रामा रेस्टको लागि गाडी भित्र नै सिल्पर क्याबिन रहेको समेत उनले जानकारी दिए। 

भदौ २८, २०८० बिहीबार १६:४३:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।