संविधानसभा अध्यक्ष नेम्वाङको निधनमा प्रतिनिधिसभामा शोक प्रस्ताव पारित

संविधानसभा अध्यक्ष नेम्वाङको निधनमा प्रतिनिधिसभामा शोक प्रस्ताव पारित

काठमाडौं : प्रतिनिधिसभा बैठकले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख, प्रतिनिधिसभा सदस्य तथा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ।

बिहीबार बसेको बैठकमा सभामुख देवराज घिमिरेद्वारा प्रस्तुत शोक प्रस्ताव सर्वसम्मतिले पारित गरिएको हो।  

बैठकमा नेता नेम्वाङको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक-सन्तप्त परिवारजनप्रति गहिरो समवेदनासहित एक मिनेट मौनधारण समेत गरिएको छ ।

शोक प्रस्ताव प्रस्तुत गर्दै सभामुख घिमिरेले नेम्वाङको निधनले मुलुकलाई अपुरणीय क्षति पुगेको बताए। 

प्रतिनिधिसभाको अर्को बैठक भाद्र २९ गते शुक्रबार १ बजे बस्नेगरि स्थगित गरिएको छ। 

भदौ २८, २०८० बिहीबार १६:३०:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।