४० वर्षीया महिललाई गेष्ट हाउसमा लगेर बलात्कार

४० वर्षीया महिललाई गेष्ट हाउसमा लगेर बलात्कार

झापा : ४० वर्षीया महिलालाई गेष्ट हाउसमा लगि बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

बलात्कार अभियोगमा मेचीनगर नगरपालिका–९ धुलाबारी बस्ने ४२ वर्षीय तिलक श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

श्रेष्ठले ती महिलालाई भदौ २३ गते दिउँसो बिर्तामोड नगरपालिका–५ महानन्द चोकस्थित गेष्ट हाउसमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो

सोही उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

भदौ २८, २०८० बिहीबार १६:१४:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।