सुवास नेम्वाङको निधनमा राष्ट्रिय सभामा शोक प्रस्ताव पारित

सुवास नेम्वाङको निधनमा राष्ट्रिय सभामा शोक प्रस्ताव पारित
फाईल फोटो

काठमाडौं : संघीय संसद्अन्तर्गत राष्ट्रिय सभा बैठकले संविधान सभा अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ।

बिहिबार बसेको बैठकले  एमाले संसदीय दलका उपनेता तथा वर्तमान प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधनमा शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको संघीय संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले जानकारी दिए।

बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान सभा अध्यक्ष, पूर्वसभामुख एवं वर्तमान प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा मिति २०८० साल भदौ २६ गते निधन भएकोमा राष्ट्रिय सभाको बैठकले गहिरो शोक प्रकट गरेको बताए।

शोक प्रस्ताव पारित गरेपछि स्थगित भएको राष्ट्रिय सभाको अर्को बैठक २०८० साल असोज १२ गते शुक्रबार अपरान्ह १ बजे बस्नेछ ।

भदौ २८, २०८० बिहीबार १५:५७:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।