पाकिस्तान र श्रीलङ्काबीचको खेल वर्षाका कारण रद्द भए के हुन्छ?

पाकिस्तान र श्रीलङ्काबीचको खेल वर्षाका कारण रद्द भए के हुन्छ?

काठमाडौं : जारी एसिया कपको सुपर फोर अन्तरगत आज (बिहिबार) हुने भनिएको पाकिस्तान र  श्रीलङ्काबीचको खेल बर्षाका कारण अझै सुरु हुन सकेको छैन।  

श्रीलङ्काको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा नेपाली समयानुसार दिउँसो सवा तीन बजेबाट सुरु हुने भनिएको खेलमा बर्षा वाधक बन्दा टस नै डिले भएको छ। 

एसिया कपको फाइनलमा पुग्न पाकिस्तान र  श्रीलङ्का दुवैका लागि यो खेल निकै महत्वपूर्ण रहेको छ। यसअघि भारत एक खेल अगावै  फाइलमा पुगिसकेको छ। भारतसँग पराजित भएको बंगलादेश भने बाहिरिसकेको छ। 

यस्तो छ सुपर फोरमा अंक तालिकाको स्थान

सुपर फोरको अंक तालिकामा भारत दुई खेलमा ४ अङ्ककासाथ शीर्षस्थानमा छ।  श्रीलङ्का नेटरनरेटको आधारमा दोस्रो, पाकिस्तान तेस्रो र बङ्लादेश अङ्कविहीन हुँदै पुछारमा छन्। बङ्लादेश सुपर फोरबाटै बाहिरिसकेको छ ।

श्रीलङ्का र पाकिस्तानबीचको खेलबाट विजेता टोलीको ४ अङ्क हुनेछ। ४ अङ्क हुने टोली शीर्ष दुईमा रहँदै फाइनल खेल्नेछ। तर यदि वर्षाको कारण रद्द भएमा दुवै टोलीको समान ३ अङ्क हुनेछ।

नेटरनरेटको आधारमा श्रीलङ्का फाइनल प्रवेश गर्नेछ। भारत यसअघि नै फाइनलमा प्रवेश गरिसकेकाले आजको खेल अनौपचारिक सेमिफाइनल मानिएको छ। 

के यो खेलको लागि कुनै रिजर्व डे राखिएको छ?

श्रीलङ्का र पाकिस्तानबीचको यस खेलका लागि कुनै रिजर्भ डे राखिएका छैन। एसिया कपको फाइनल खेल  र भारत र पाकिस्तानबीचको सुपर फोर अन्तरगत खेलका लागि मात्रै रिजर्भ डे राखिएको थियो। रिजर्भ डेमा नै भारतले पाकिस्तानलाई पराजित गरेको थियो।

भदौ २८, २०८० बिहीबार १५:३५:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।