संविधान सभा अध्यक्ष नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि, छोराले दिए दागबत्ती

संविधान सभा अध्यक्ष नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि, छोराले दिए दागबत्ती

काठमाडौं : संविधानसभा अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानसहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। 

नेता नेम्वाङको हिन्दू र लिम्बू संस्कारअनुसार अन्त्येष्टि गरिएको हो।

उनको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय झण्डा तथा एमाले अध्यक्ष ओलीले पार्टीको झण्डा ओढाएर सम्मानसहित अन्तिम बिदाई गरेका छन्।

नेम्वाङको पार्थिव शरीरमा उनका दुई छोरा मिङ्सो र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन्। अन्त्येष्टिअघि राजकीय सम्मानस्वरुप नेपाल सेनाको टुकडीले अन्तिम सलामी दिएको थियो।

नेम्वाङको अन्तिम संस्कारमा प्रधानमन्त्री प्रचण्ड, मन्त्रीहरू, एमाले अध्यक्ष केपी ओली, दलका शिर्ष नेता तथा कार्यकर्ता, आफन्त र शुभेच्छुकको उपस्थिति छ।

नेम्वाङको हृदयघातका कारण गत सोमबार राति निधन भएको थियो। हृदयघात लगत्तै उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएका उनको उपचारको क्रममा निधन भएको थियो।  

एमाले संसदीय दलको उपनेता समेत रहेका उनि इलाम क्षेत्र नं २ बाट संघीय सांसदमा निर्वाचित भएका थिए।

भदौ २८, २०८० बिहीबार १३:०२:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।