अन्त्येष्टिका लागि पशुपति पुर्‍याइयो संविधान सभा अध्यक्ष नेम्वाङको पार्थिव शरीर

अन्त्येष्टिका लागि पशुपति पुर्‍याइयो संविधान सभा अध्यक्ष नेम्वाङको पार्थिव शरीर

काठमाडौं : संविधानसभा अध्यक्ष एवम् एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरिरलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट  पुर्याइएकाे छ। 

बिहीबार बिहान नेम्वाङको निजि निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा निकालेको हो। 

शवयात्रा बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाटमा पुर्याइएको हाे।​​​​​​

मंगलबार निधन भएका नेम्वाङको पशुपति आर्यघाटमा आज राजकीय सम्मानका साथ अन्त्येष्टि हुनेछ।

उनको अन्तिम विदाइको लागि ठूलो संख्यामा सुभेच्छुकहरु पशुपतिमा पुगेका छन्।

नेम्वाङको हृदयघातका कारण गत सोमबार राति निधन भएको थियो। हृदयघात लगत्तै उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएका उनको उपचारको क्रममा निधन भएको थियो।  

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मंगलबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेम्वाङलाई राष्ट्रिय सम्मान दिने निर्णय गरेको थियो।

साथै उनको निधनमा आज अन्त्येष्टिको दिन सरकारले सार्वजनिक शोक विदा दिएको छ। एमाले संसदीय दलको उपनेता समेत रहेका उनि इलाम क्षेत्र नं २ बाट संघीय सांसदमा निर्वाचित भएका थिए।।

भदौ २८, २०८० बिहीबार १२:३५:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।