‘नाडा अटो सो २०२३’ ले सुस्ताएको अटो व्यवसाय बौरिने आश गरेका छौँ : अनुप बराल

‘नाडा अटो सो २०२३’ ले सुस्ताएको अटो व्यवसाय बौरिने आश गरेका छौँ : अनुप बराल

काठमाडौं : काठमाडौंको भृकुटीमण्डपमा जारीे गाडीहरुको कुम्भमेला नाडा अटो शोमा निकै उत्साह देखिएको नाडाका सभापति अनुप बरालले बताएका छन्। 

झण्डै चार बर्षपछि भएकोे अटो सोमा उल्लेख्य सहभागिता देख्दा आफुहरु उत्साहित भएको बरालको भनाइ छ। 

उक्त अटो सोमा जम्मा १ सय २० वटा स्टलहरु राखिएका छन्। ब्राण्डै ब्राण्डका गाडीहरुको सो का रुपमा चिनिएको उक्त अटो सोमा विभिन्न मोडेलका सवारी साधनहरु राखिएका छन्। 

यस्तै, ति सवारी साधनहरुमा प्रयोग हुने टायरट्युब, लुब्रिकेन्टस,स्पेयर पार्टस, एसेसरिज,अटोकम्पोटेन्टस तथा विभिन्न उपकहरणहरु राखिएको सभापति बरालले बताए।

उनका अनुसार हालसम्म २० हजार २ सय जनाले मेलाको भ्रमण गरेका छन्। 

विभिन्न कारणले विथोलिएको सो लामो समयपछि भएकोमा व्यापारीहरु उत्साहित देखिएको उनको भनाइ छ। यस अटो सोले सुस्ताएको अटो व्यवसाय बौरिने उनको विश्वास छ। 

उनले सुस्ताएको अटो व्यावसायलाई बौरिनको लागि सरकारी तहबाटै काम हुनुपर्ने धारणा राखे। 

‘सुस्ताएको अटो व्यवसायलाई बौरिन दिन सरकारी तहबाट धेरै काम हुनुपर्ने देख्छु।, मूख्य कुरा त बैंकबाट दिने ऋणको ब्याज नै घटेको छैन। बैंकहरु पूर्णप्रतिष्पर्धामा गएकै छ्रैनन्। बैंकमा पैसा हुने तर कर्जा प्रवाह भएको देखिदैन। भ्यालु अफ लोन रेसियो ५०/५० अनुपात भन्ने छ तर ७५ बनाएको भए हुन्थयो।’ उनले भने, ‘त्यस्तै जोखिम भार १ सय ५० बाट १०० मा झारेको छ खास ७५ बनाएको भए हुन्थ्यो भन्ने मलाई लाग्छ। अटो क्षेत्रलाई चलायमन बनाउन वित्तियसंस्थाको भूमिका महत्वपूर्ण हुन्छ। व्यसायीलाई कर्जा दिन कञ्जुस्याइँ गर्नु भएन, ऐन तथा नीति हरु अटो व्यवसायी मैत्री बनाउनु पर्याे।’

भदौ २८, २०८० बिहीबार १२:२३:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।