बिहानैदेखि गोकर्णेश्वरमा भक्तजनको भीड

बिहानैदेखि गोकर्णेश्वरमा भक्तजनको भीड

काठमाडौं : आज (बिहीबार) गोकर्णे औंसी। बिहानैदेखि काठमाडौंको उत्तर पूर्वी भेगस्थित उत्तरगया भनेर पनि चिनिने गोकर्णेश्वर मन्दिरमा भक्तजनको भीड लागेको छ।

यस पितृ तीर्थ धाममा हरेक वर्ष भाद्र कृष्ण औंसीका दिन मेला लाग्ने गर्छ। दिवङ्गत पितृको नाममा आज यहाँ तर्पण, पिण्ड अर्पण तथा श्राद्ध गर्नाले पितृहरूले मुक्ति पाउँछन् भन्ने धार्मिक विश्वास छ। 

यही विश्वासका कारण आज बिहानैदेखि वैदिक सनातन हिन्दू धर्मावलम्बी र बौद्ध धर्मावलम्बीको समेत गोकर्णेश्वर मन्दिर परिसरमा भीड लागेको हो।

गोकर्णमा भक्तजनको भीडका कारण आज बिहानैदेखि सुन्दरीजल –जोरपाटी  र बागमतीको कोरिडोर भएर गुड्ने सवारीसाधनलाई निषेध गरिएको बौद्धस्थित ट्राफिक प्रहरी वृत्तले जनाएको छ।

भदौ २८, २०८० बिहीबार १२:१४:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।