चितवन निकुञ्जमा नियन्त्रणमा लिइएका बाघ राख्ने ठाउँको अभाव, बर्दिया पठाइयो

चितवन निकुञ्जमा नियन्त्रणमा लिइएका बाघ राख्ने ठाउँको अभाव, बर्दिया पठाइयो

चितवन : चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा नियन्त्रणमा लिइएका बाघ राख्ने ठाउँ अभाव भएको छ। ठाउँ अभाव भएपछि बाघ बर्दिया पठाइएको छ।

नवलपरासीको अमलटारी क्षेत्रमा नियन्त्रणमा लिइएका दुई  बाघमध्ये एउटालाई बुधबार साँझ बर्दिया पठाइएको हो।
 
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार नवलपरासीको अमलटारी क्षेत्रमा बस्तीमा बाघ आउन थालेपछि नियन्त्रणमा लिइएको हो।

एउटा बच्चा बस्तीमा आएर बस्न थालेको थियो भने अर्को बाघले गाई भैँसी खान थालेपछि स्थानीयको आग्रहमा नियन्त्रणमा लिइएको हो।
 
अन्दाजी १० वर्षको भाले बाघलाई बुधबार साँझ बर्दिया पठाइएको हो। यो बाघ केही समय यता बस्ती छिरेर घरपालुवा जनावर खाँदै आएको थियो।
 
अर्को अन्दाजी सात महिनाको पोथी बाघलाई कसरामा रहेको काठको खोरमा राखिएको छ।

भदौ २८, २०८० बिहीबार ११:२९:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।