एसिया कप : पाकिस्तान र श्रीलङ्का भिड्दै, यस्तो छ हिसावकिताव

एसिया कप : पाकिस्तान र श्रीलङ्का भिड्दै, यस्तो छ हिसावकिताव

काठमाडौं : जारी एसिया कपको सुपर फोर अन्तर्गत आज (बिहिबार) पाकिस्तान र श्रीलङ्का भिड्दैछन्। नेपाली समय अनुसार खेल दिउँसो सवा तीन बजे श्रीलंकाको कोलोम्बोमा शुरु हुनेछ।

श्रीलङ्का र पाकिस्तान दुवै टोलीले समान दुई खेलमा २–२ अङ्क जोडेका छन्। भारत दुई खेलमा ४ अङ्ककासाथ शीर्षस्थानमा छ। 

श्रीलङ्का नेटरनरेटको आधारमा दोस्रो, पाकिस्तान तेस्रो र बङ्लादेश अङ्कविहीन हुँदै पुछारमा छन्। बङ्लादेश सुपर फोरबाटै बाहिरिसकेको छ ।

श्रीलङ्का र पाकिस्तानबीचको खेलबाट विजेता टोलीको ४ अङ्क हुनेछ। ४ अङ्क हुने टोली शीर्ष दुईमा रहँदै फाइनल खेल्नेछ। तर यदि वर्षाको कारण रद्द भएमा दुवै टोलीको समान ३ अङ्क हुनेछ।

नेटरनरेटको कारण श्रीलङ्का फाइनल प्रवेश गर्नेछ। भारत एक खेल अगावै फाइनलमा प्रवेश गरिसकेकाले आजको खेल अनौपचारिक सेमिफाइनल हुने पक्का छ। 

समूह चरणको अन्तिम खेल भोलि भारत र बङ्लादेशबीच हुनेछ। फाइनल खेल आउँदो आइतवार हुनेछ।

भदौ २८, २०८० बिहीबार १०:१८:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।