आज कुशे औंसी, बुबाको मुख हेर्ने दिन

आज कुशे औंसी, बुबाको मुख हेर्ने दिन

काठमाडौं : आज (बिहीबार) बुबाको मुख हेर्ने दिन तथा कुशे औंसी पर्व देशभर मनाइँदै छ। प्रत्येक वर्ष भाद्र कृष्ण औंसीका दिन पिताको सम्मान गरी यस पर्व मनाइन्छ।

जहाँ छोराछोरीले परम्पराअनुसार आ-आफ्ना बुबालाई मन पर्ने मिठाई तथा भोजन खुवाएर, उपहार दिएर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने चलन छ।

बुबा नहुनेले विभिन्न पवित्र तीर्थ स्थलमा गएर बुबाको नाममा श्राद्ध गर्ने चलन पनि छ। यस दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौंको गोकर्णेश्वर मन्दिरमा विशेष मेला लाग्छ।

यसै दिन वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुशलाई पनि घरघरमा भित्र्याइने गरिन्छ।

भदौ २८, २०८० बिहीबार ०८:२९:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।