भारोत्तोलनमा विशालले बनाए तीन नयाँ राष्ट्रिय कीर्तिमान

भारोत्तोलनमा विशालले बनाए तीन नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौं : विशाल सिंह विष्टले आईडब्लूएफ विश्व भारोत्तोलन च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्। साउदी अरेबियाको रियादमा जारी प्रतियोगितामा उनले ३ नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन्।

नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठका अनुसार विशालले पुरुष ९६ केजी तौलसमूहमा स्न्याच, क्लिन एन्ड जर्क र कुलमा गरी ३ नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे। यसअघि यी तीनवटै कीर्तिमान उनकै नाममा थियो।

विशालले स्न्याचमा १२६ केजी, क्लिन एन्ड जर्कमा १६५ र कुलमा २९१ केजी तौल उठाउँदै आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरेका हुन्।

भदौ २८, २०८० बिहीबार ०८:०५:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।