संविधानसभा अध्यक्ष नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिंदै

संविधानसभा अध्यक्ष नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिंदै

काठमाडौं : संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवास नेम्वाङको आज (बिहीबार) राजकीय सम्मानका साथ अन्त्येष्टि गरिंदै छ। 

नेम्वाङको हृदयघातका कारण गत सोमबार राति निधन भएको हो। हृदयघात लगत्तै उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएका उनको उपचारको क्रममा निधन भएको थियो।  

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मंगलबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेम्वाङलाई राष्ट्रिय सम्मान दिने निर्णय गरेको थियो।

साथै उनको निधनमा आज अन्त्येष्टिको दिन सरकारले सार्वजनिक शोक विदा दिएको छ। पशुपति आर्यघाटमा अन्त्येष्टिअघि बालुवाटारदेखि पशुपतिसम्म नेम्वाङको शवयात्रा हुने जनाइएको छ।

नेम्वाङको पार्थिव  शरीरलाई मंगलबार दिनभर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय च्यासलमा राखिएको थियो। दुई दिनसम्म च्यासलमा राखिएको उनको पार्थिव शरीरलाई बुधबार बालुवाटारस्थित निवासमा लगिएको थियो।

एमाले संसदीय दलको उपनेता समेत रहेका उनि इलाम क्षेत्र नं २ बाट संघीय सांसदमा निर्वाचित भएका थिए।

भदौ २८, २०८० बिहीबार ०७:३८:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।