रोयल इनफिल्डको ‘हन्टर ३५०’ सार्वजनिक, कति पर्छ मूल्य?

रोयल इनफिल्डको ‘हन्टर ३५०’ सार्वजनिक, कति पर्छ मूल्य?

काठमाडौं : रोयल इनफिल्डको नयाँ मोटरसाइकल ‘हन्टर ३५०’ सार्वजनिक गरिएको छ। ‘नाडा अटो शो २०२३’ को पहिलो दिन रोयल इनफिल्डको नयाँ मोटरसाइकल ‘हन्टर ३५०’ सार्वजनिक गरिएको हो।

रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले ‘हन्टर ३५०’ सार्वजनिक गरेको हो।

अल्फाले ४ लाख ५९ हजार रूपैयाँ शुरूवाती मूल्यमा हन्टर ३५० सार्वजनिक गरेको हो भने यसको टप भेरियन्टको मूल्य ४ लाख ७९ हजार रूपैयाँ तोकिएको छ।

योसँगै हन्टर ३५० रोयल इनफिल्डको सबैभन्दा कम मूल्यको मोटरसाइकल भएको छ।​​ हन्टर ३५० रेट्रो, हन्टर मेट्रो गरी दुई भेरियन्टमा विभन्न कलर अप्सन उपलब्ध छ। साथै यसमा ३५० सीसी क्षमताकै इन्जिन रहेको छ।

कम्पनीले मेटियर ३५० कै समान प्लेटफर्ममा हन्टर ३५० उत्पादन गरेको जनाएको छ। रोयल इनफिल्डको नयाँ प्लेटर्फम जे सिरिजको इन्जिन हन्टर ३५० उत्पादन भएको हो।​

हन्टरमा रहेको ३४९ सीसीको सिंगल सिलिण्डर फ्यूल इन्जेक्ट एसओएचसी एयर एण्ड आयल कुल्ड इन्जिन छ। यसले अधिकतम ६१ सय आरपीएममा २०.२ हर्सपावर र ४ हजार आरपीएममा २७ एनएम टर्क जेनेरेट गर्छ। यो इन्जिनमा ५ स्पीडको गियरबक्स रहेको छ।

रोयल इनफिल्डका मोटरसाइकल नेपालमै एसेम्बल हुँदै आएका छन्। २०२३ जुनबाट सीकेडी आयात गरी अल्फा अटोमोटिभले रोयल इनफिल्डका मोटरसाइकल उत्पादन थालेको थियो। अर्जेन्टीना, ब्राजिल, कोलम्बिया र थाइल्याण्डपछि नेपाल रोयल इनफिल्डको एसेम्बल प्लान्ट भएको पाँचौ देश हो।

१ लाख वर्ग फुट क्षेत्रफलमा वीरगञ्जमा रोयल इनफिल्डको एसेम्बल प्लान्ट रहेको छ। यो प्लान्टबाट वार्षिक २० हजार मोटरसाइकल उत्पादन क्षमता छ।

नाडा अटो शो २०२३ मा सार्वजनिक भएको हन्टर ३५० पनि सोही प्लान्टमा एसेम्बल भएको हो।

योसँगै यसअघि क्लासिक ३५० र स्क्राम ४११ पनि सोही प्लान्टमा एसेम्बल भएका मोटरसाइकल नेपाली बजारमा बिक्री हुँदै आएका छन्।

भदौ २७, २०८० बुधबार १७:०३:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।