राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान मल्ल र रवि लामिछानेबीच भेटवार्ता

राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान मल्ल र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं  : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लबीच भेटवार्ता भएको छ।

आज (बुधवार) पार्टीको कार्यालयमा सभापति लामिछाने र पूर्वकप्तान मल्लबीच भेटवार्ता भएको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले जानकारी दिए। 

भेटमा पूर्वकप्तान मल्लले आफ्नो खेल जीवनको अनुभव सुनाउनुका साथै नेपाली क्रिकेटको स्तरोन्नति तथा खेलाडीहरूको मनोवृत्ति लगायतका विषयमा छलफल भएको उनले बताए। 

भेटवार्तामा पार्टीका महामन्त्री डा. मुकुल ढकाल र केन्द्रीय सदस्य प्रतिभा रावलको पनि सहभागिता रहेको थियो।

भदौ २७, २०८० बुधबार १६:५४:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।