लिबियामा आएको बाढीमा दुई हजार तीन सय जनाको मृत्यु, १० हजार बढि बेपत्ता

लिबियामा आएको बाढीमा दुई हजार तीन सय जनाको मृत्यु, १० हजार बढि बेपत्ता

एजेन्सी : पूर्वी लिबियामा आएको बाढीमा परी दुई हजार तीन सय जनाको मृत्यु भएको तथा  १० हजारभन्दा बढी बेपत्ता भएका रेडक्रसका अधिकारीले बताएका छन्। 

रेड क्रस र रेड क्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घका लिबियाका लागि प्रतिनिधिमण्डलका प्रमुख टेमेर रमदानले उत्तर अफ्रिकी देशमा बाढी पछि १० हजार मानिस बेपत्ता भएको र मर्नेहरूको सङ्ख्या हजारौं पुग्न सक्ने चेतावनी दिएका छन्। 

लिबियाका अधिकारीहरूले ड्यानियल आँधीका कारण भएको मुसलधारे वर्षासँगै अचानक बाढी आउँदा पूर्वी शहर डेर्नामा मात्र दुई हजारभन्दा बढीको मृत्यु भएको आशङ्का गरेका छन्। 

उनीहरुले दुई वटा नदीका बाँध भत्किँदा ठूलो हताहति भएको जनाउँदै ज्यान गुमाउनेको सङ्ख्या चार हजार पाँच सय नाघ्नसक्ने बताएका छन्।

भदौ २७, २०८० बुधबार १६:२६:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।