सफल प्रयोग हुन नसके संघीयता खारेज हुनसक्छ : झलनाथ खनाल

सफल प्रयोग हुन नसके संघीयता खारेज हुनसक्छ : झलनाथ खनाल
फाईल फोटो

काठमाडौं : एकिकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले संघीयताको प्रयोग सफल हुन नसके देशबाट संघीयता खारेज हुनसक्ने बताएका छन्। 

जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री खनालले संघीयता प्रयोगकै चरणमा रहेकाले यसको सफल कार्यान्वयन नभए खारेज हुन सक्ने आशंका व्यक्त गरेका हुन्। 

संघीयता आम नेपाली जनताका लागि फलदायी नभए मुलुककै लागि बोझ हुने भएकाले चाहेर वा नचाहेर पनि संघीयता टिक्न नसक्ने उनको भनाइ थियो।  

‘अब यो देशमा लामो अवधिसम्म त संघीयता थिएन। यो नयाँ प्रयोग हो। यो नयाँ प्रयोग कत्तिको जगमा उभिन्छ? हामीले यसलाई ठिक ढंगले प्रयोग गर्दै गयौँ, राम्रो ढंगले फलदायी भयो, देशको विकासमा तिब्रता प्रदान गर्नसक्यो, भने यो संरचना टिकेर जान्छ। नत्र भने त्यो कुरा एउटा बोझ, भारी मात्रै भयो भने त्यो कुरामा परिवर्तन पनि हुनसक्छ।’, उनले भने।

भदौ २७, २०८० बुधबार १५:५२:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।