गौहत्याको विरोधमा काठमाडौंमा राप्रपाको विरोध प्रदर्शन

गौहत्याको विरोधमा काठमाडौंमा राप्रपाको विरोध प्रदर्शन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गौहत्याको विरोधमा प्रदर्शन गरेको छ ।

बुधबार काठमाडौंमा राप्रपासहित पार्टी निकट संगठनहरुले हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी, भ्रष्टाचार काण्डको पूर्ण छानबिनको माग गर्दै प्रदर्शन गरेको हो।

सुशासनको प्रत्याभुति, शिथिल अर्थतन्त्रमा सुधार, स्वदेशमै रोजगार, महँगी नियन्त्रण र जनतालाई राहत प्रदान गर्न दबावस्वरुप सरकारविरुद्ध प्रदर्शन गरेको बताइएको छ। 

भृकुटीमण्डपबाट सुरू भएको बिरोध र्याली रत्नमापर्क पुगेर सभामा परिणत भएको छ।

भदौ २७, २०८० बुधबार १५:३०:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।