पूर्वनिर्धारित कार्यक्रम रद्द गरेर स्वदेश फर्किए एमाले महासचिव पोखरेल

पूर्वनिर्धारित कार्यक्रम रद्द गरेर स्वदेश फर्किए एमाले महासचिव पोखरेल

काठमाडौं : संविधानसभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण सो पार्टीका महासचिव शंकर पोखरेल आफ्नो जारी चीन भ्रमण छोट्याएर आज स्वदेश फर्किएका छन्।

महासचिव पोखरेल नेतृत्वको टोली चीन भ्रमणमा रहँदा नेता नेम्वाङको निधन भएपछि भ्रमणका सबै पूर्वनिर्धारित कार्यक्रम रद्द गरिएको हो।

हवाई टिकट मिलेपछि त्यहाँ रहेका अन्य नेता पनि छिट्टै स्वदेश फर्कने कार्यक्रम रहेको एमालेको केन्द्रीय प्रचारप्रसार विभागले जानकारी दिएको छ। 
 

भदौ २७, २०८० बुधबार १५:२०:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।