नेपालमा हुन्डाई एक्सटर सार्वजनिक, चाँडै बुकिङ खुल्ला हुने
काठमाडौं : नेपालको लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकण्टिनेन्टलले भृकुटीमण्डप जारी ‘नाडा अटो शो २०२३’ मा मंगलबार अर्थमन्त्री प्रकाशशरण महतबाट अनावरण गरिएको एसएक्स भेरियन्टको हुन्डाई एक्सटर -शुभ अब चाँडै नै अरु भेरियन्टसहित बिक्री वितरण सुरु गर्ने जनाएको छ।
हुन्डाई एक्सटरमा आकर्षक ड्यासबोर्ड, उत्कृष्ट तरिकाले दिइएको एसी भेन्ट, इन्फोटेन्मेन्ट स्कृन, डोर ट्रिम लेआउट, क्लाइमेट कन्ट्रोल नब, थ्री स्पोक स्टेरिङ ह्वील र डिजिटल इन्ट्रुमेन्ट क्लष्टर पाउन सकिने कम्पनीले जानकारी दिएको छ।
हुन्डाई एक्सटरमा क्रुज कन्ट्रोल, ६ वटा एयरब्याग, इलेक्ट्रीक शनरुफ, टायर प्रेसर मोनिटरिङ सिस्टम, रियर एसी भेन्ट, पुस स्टार्ट बटन, किलेस इन्ट्री जस्ता फिचरहरु दिएर फुल्ली लोडेड एसयूभी बनाएको छ।
बक्सी डिजाइनमा रहेको एक्सटरमा १.२ लिटर नेचेरल्ली एस्पीरेटेड इन्जिन, अलोय ह्वील, फ्यूचरिष्टीक डिजाइन, एच आकारमा आकर्षक डीआरएलएस दिइएको छ।
१८५ एमएम ग्राउन्ड क्लेयरेन्स र १९.२ किलोमिटर प्रतिलिटर माइलेज पाउन सकिने कम्पनीको भनाइ छ। कम्पनीले यसलाई ६ कलर अप्सनमा जानकारी दिएको छ।
भदौ २७, २०८० बुधबार १३:५१:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।