जथाभावी फोहोर फालेको भन्दै काठमाडौं महानगरले १६ जनालाई तिरायो ७२ हजार

जथाभावी फोहोर फालेको भन्दै काठमाडौं महानगरले १६ जनालाई तिरायो ७२ हजार


काठमाडौं : काठमाडौं महानगरपालिकाले सडकमा जथाभावी फोहोर फाल्ने १६ जनालाई ७२ हजार रुपैयाँ जरिवाना तिराएको छ। 

आज (बुधबार) बिहान कोटेश्वरमा फोहोर लागेको अवस्थामा १६ जनालाई महानगर प्रहरी बलको टोलीले फोहोरसहित नियन्त्रणमा लिएर ७२ हजार जरिवाना तिराएको महानगर प्रहरी बलले जानकारी दिएको छ। 

फोहोमैला संकलन गर्ने गाडी प्रत्येक दिन घरघरमा पुग्ने भएपनि जथाभावी फोहोर फालिनु गलत भएको भन्दै महानगरले कानुन पालनामा कडाई गरेको बताएको छ। 

भदौ २७, २०८० बुधबार १३:३७:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।