काठमाडौं आउँदै गरेको बस रामेछापमा दुर्घटना हुँदा ७ जना घाइते

काठमाडौं आउँदै गरेको बस रामेछापमा दुर्घटना हुँदा ७ जना घाइते

काठमाडौं : रामेछापमा बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। 

बुधबार बिहान रजनटारबाट काठमाडौं आउँदै गरेको बा ३ ख ५९६० नम्बरको बस सुनापति गाउँपालिका–३ मा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रञ्जनकुमार गिरीले जानकारी दिए।

गिरीका अनुसार घाइते सबैलाई उपचारका लागि काठमाडौं पठाइएको छ।  घाइतेहरुको परिचय खुल्न बाँकी रहेको उनले बताए।  

प्रहरीले चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप आवश्यक अनुसन्धान गरिरहेको छ। 

भदौ २७, २०८० बुधबार १३:०१:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।