पूर्वमन्त्री प्रभु साहविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता

पूर्वमन्त्री प्रभु साहविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता
फाईल फोटो

काडमाडौं : पूर्वमन्त्री एवम् आम जनता पार्टीका अध्यक्ष प्रभु साहविरुद्ध गाली बेइज्जतीको मुद्दा दर्ता भएको छ।

उनिविरुद्ध समाजवादी युवा संघ रौतहटका इन्चार्ज सन्जीव कुमार यादवले जिल्ला अदालत, गौरमा गाली बेइज्जती मुद्दा दर्ता गरेका हुन्।

यादवले दर्ता गरेको मुद्दामा पूर्वमन्त्री साहसहित सोही पार्टीका नेताहरू उपेन्द्र साह, अमर साह, चन्देस्वर साह र चन्द्रभुसन साहलाइ विपक्षी बनाएका छन्।

सांसद साहको अगुवाइमा आफूलाई घेरा हाली हातपात गर्नुका साथै गाली बेइज्जत गरी मानमर्यादा र प्रतिष्ठामा आँच आउने काम गरेको उनको अभियोगमा उल्लेख छ।

भदौ २७, २०८० बुधबार ११:४९:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।