मंगलबारको तुलनामा घट्यो सुनचाँदीको मूल्य
काठमाडौं : कारोबार हुने साताको चौथो दिन सुनचाँदीको मूल्य घटेको छ।
मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलमा आठ सय रुपैयाँले घटेको छ भने चाँदीमा प्रतितोला १५ रुपैयाँको गिरावट आएको छ।
योसँगै बुधबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँमा कारोबार हुँदा तेजाबी सुनको मूल्य १ लाख १० हजार ८५० रुपैयाँ कायम भएको छ।
यस्तै मंगलबार प्रतितोला १ हजार ४०५ रुपैयाँमा किनबेच भएको चाँदी बुधबार १ हजार ३९० रुपैयाँमा कारोबार हुनेछ।
भदौ २७, २०८० बुधबार ११:१७:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।