नेपाली महिलाको हत्या आरोपमा भारतीय सेनाका लेफ्टिनेन्ट कर्णेल पक्राउ

नेपाली महिलाको हत्या आरोपमा भारतीय सेनाका लेफ्टिनेन्ट कर्णेल पक्राउ

काठमाडौं : भारतमा नेपाली युवतीको हत्या गर्ने भारतीय सेनाका कर्णेल पक्राउ परेका छन्। 

भारतीय सेनाका ४२ वर्षका लेफ्टिनेन्ट कर्नेल रामेन्दु उपाध्याय नेपाली मूलकी नेपाली युवती श्रेया शर्माको हत्या आरोपमा पक्राउ परेका हुन्।

श्रीमती र डेढ वर्षका छोरा भएका पिता रामेन्दु र काठमाडौंकी श्रेया विवाहेतर सम्बन्धमा थिए। उनी हालै सिलगढीबाट देहरादुनमा सरुवा भएका थिए, जहाँ उनले पहिलोपटक श्रेयालाई उनी काम गर्ने डान्स बारमा भेटेका थिए

विवाह गर्न दबाब दिएपछि गत शनिबार राति घुम्न जाने बहानामा बाहिर लगेर उनले श्रेयाको हत्या गरेको उत्तराखण्डका प्रहरी प्रमुख एससी सरिता डोभालले जानकारी दिइन्।

शनिबार राति युवतीले काम गर्ने डान्स बारमा दुवै जनाले मदिरा सेवन गरेका थिए। तयसपछि रामेन्दुले घुम्न जाने प्रस्ताव गरेका थिए। 

सुनसान ठाउँमा पुगेर कार पार्क गरी श्रेयाको टाउको र मुखमा हथौडा प्रहार गरेर उनी फरार भएका थिए। 

प्रहरीले हत्यामा प्रयोग भएको हतियार, कार र अपराध गर्दा रामेन्दुले लगाएको लुगासमेत बरामद गरेको छ।

सीसीटीभीको सहयोगमा सोमबार उनलाई पक्राउ गरिएको प्रहरीले  जनाएको छ। आरोपी रामेन्दुले हत्या गरेको स्वीकार गरेको पनि प्रहरीको भनाइ छ।

भदौ २७, २०८० बुधबार १०:३३:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।