ग्राहकलाई छुट दिन एभरेष्ट बैंक र ओम अस्पतालबीच सम्झौता
काठमाडौं : एभरेष्ट बैंक लिमिटेड र चाबहिलस्थित ओम अस्पतालबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र अस्पतालका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतद्वारा सम्झौतामा हस्ताक्षर भएको हो।
सम्झौता कार्यान्वयमा आएसँगै बैंकका ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा तिनका परिवारका सदस्यले उक्त अस्पतालबाट आईपीडी डाइग्नोस्टिक, फार्मेसी र फिजियोथेरापी सेवामा १० प्रतिशत र दन्त सेवामा पाँच प्रतिशतसम्मको छुट पाउनेछन्।
सो समारोहमा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती, बजार अधिकृत एलिना कार्की तथा अस्पतालका तर्फबाट व्यापार प्रवद्र्धन प्रबन्धक विनोद अधिकारीको समेत उपस्थिति थियो।
१३ लाख ग्राहक रहेको एभरेष्ट बैंकमा देशभर १२७ शाखा, तीन एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६२ एटीएम सुविधा छ।
भदौ २७, २०८० बुधबार १०:१६:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।