हुन्डाईको फेष्टिभ डिलाइट २०८० को बम्पर पुरस्कार अर्थमन्त्रीबाट सार्वजनिक

हुन्डाईको फेष्टिभ डिलाइट २०८० को बम्पर पुरस्कार अर्थमन्त्रीबाट सार्वजनिक

काठमाडौं : हुन्डाई नेपालले भदौ २१ देखि सार्वजनिक गरेको फेष्टिभ डिलाइट अन्तर्गत बम्पर पुरस्कार सार्वजनिक गरेको छ।

मंगलबार नाडा अटो शो २०२३ को पहिलो दिन कम्पनीले आफ्नो स्टल बी–५ मा अर्थमन्त्री डा. प्रकाशशरण महतबाट बम्पर पुरस्कारको रुपमा रहेको एसयुभी एक्टर सार्वजनिक गरेको हो।

हुन्डाई फेष्टिभ डिलाइट २०८० अन्तर्गत कुनै पनि हुन्डाई गाडीको खरीदमा ६ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट स्क्र्याच कार्डमार्फत थप १ लाख रुपैयाँसम्मको नगद छुटका साथै १ वर्षको लागि निःशुल्क सवारी बीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन्।

नाडा अटो शो २०२३ मा हुन्डाईको बी५ स्टल भ्रमण गरेर कम्पनीका विभिन्न उत्पादनहरूको जिज्ञासा मेट्नसमेत कम्पनीले आग्रह गरेको छ। सबैै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ्ग उपलब्ध गराएको कम्पनीले यो सुविधा आगामी छठ पर्वसम्म मात्रै रहने बताएको छ।

भदौ २७, २०८० बुधबार १०:०८:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।