२२ लाखमै टाटाको इभी, यस्ता छन् विशेषता
काठमाडौं : टाटा मोटर्स प्यासेन्जर भेहिकलले ‘नाडा अटो शो’लाई लक्षित गरी बहुप्रतिक्षित तीनवटा गाडीहरू ‘टाटा टियागो इभी’, ‘टाटा नेक्सन इभी एक्स जेट प्लस’ र ‘टाटा पन्च’ सार्वजनिक गरिएको छ।
टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटाका बहुप्रतिक्षित गाडीहरू नेपाली बजारमा सार्वजनिक गरेको हो।
राजधानीको भृकुटीमण्डप स्थित प्रदर्शनी हलमा बुधबारदेखि सुरु भएको १५औं संस्करणको अटो सो ‘टाटा मोटर्स जेन्युइन आयल नाडा अटो सो २०२३’मा यी उत्पादनहरूको बिक्री वितरण शुभारम्भ गरिएको हो।
अत्याधुनिक जिपट्रन प्रविधियुक्त टियागो इभीमा कार्य कुशलता, प्रविधि, विश्वास, चार्जिङ्ग र आरामदायी भएको कम्पनीको दाबी छ। यसले २५० किलोमिटरको रेञ्ज दिने कम्पनीको दाबी छ।
क्रुज कन्ट्रोल सहितको टियागो इभीमा अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्प लगायत विशेषताहरू छन्। यो गाडीको इन्टेरिएर आरामदायी तथा एक्स्टेरिएर आकर्षक रहेको छ।
यस टियागो इभी सीमित अवधिका लागि सुरुवाती मूल्य २१ लाख ९९ हजार राखिएको छ भने यसको उच्च भेरियन्टको मूल्य २७ लाख ९९ हजार तोकिएको छ।
यस्तै, अर्को गाडी नेक्सन इभी एक्स जेट प्लस को ब्याट्री क्षमता ४०.५ किलोवाट र रेञ्ज ४५३ किलोमिटर रहेको छ। टियागो इभी जस्त अत्याधुनिक जिपट्रन प्रविधि भएको यस एसयुभीको बनावट आकर्षक रहेको छ।
आरामको लागि पावर विन्डो र पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल लगायत अन्य विशेषताहरु भएको नेक्सन इभी एक्स जेट प्लसले अन्य भन्दा उत्कृष्ट सुरक्षाको प्रत्याभूति दिने कम्पनीको दाबी छ।
सुरक्षाको लागि यसमा एन्टी–लक ब्रेकिङ्ग सिस्टम, चाइल्ड सेफ्टी लक, ट्रयाक्सन जस्ता व्यवस्थाहरु छन्। नेक्सन इभी म्याक्स एक्स जेड प्लसको सुरुवाती मूल्य ४५.९९ लाख राखिएको छ।
त्यसैगरी, टाटाको ‘न्यु फरेभ’रेञ्ज अन्तर्गतको टाटा पन्च पनि आकर्षक डिजाइन, विशेष कार्यक्षमता, फराकिलो इन्टेरिएर र पूर्ण सुरक्षाका साथ बजारमा आएको छ।
युग सुहाँउदो सोच र प्रविधिमा आधारित यो गाडीले ग्राहकहरूको बदलिदो इच्छा र आकांक्षाहरूको परिपूर्ति गर्ने कम्पनीको विश्वास छ। टाटा पन्च हाल भारतीय बजारमा सबैभन्दा बढी बिक्री भइरहेको सब कम्प्याक्ट एसयुभी रूपमा पनि परिचित छ।
पन्चको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ छ भने यसको टप भेरियन्टको मूल्य ४३ लाख ४९ हजार रुपैयाँ कम्पनीले तोकेको छ।
भदौ २७, २०८० बुधबार ०९:१७:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।