आजका लागि बोलाइएको प्रतिनिधि सभा बैठक भोलिलाई सर्‍यो

आजका लागि बोलाइएको प्रतिनिधि सभा बैठक भोलिलाई सर्‍यो
फाइल तस्बिर

काठमाडौं : बुधबार (आज)का लागि बस्ने भनेको प्रतिनिधि सभा बैठक बिहीबार (भोलि)सम्मका लागि स्थगित भएको छ।

संविधान सभा अध्यक्ष एवं एमाले सांसद् सुवासचन्द्र नेम्वाङको निधनपछि बैठक स्थगित गरिएको संघीय संसदको महासचिव डा. भरत गौतमले जानकारी दिएका छन्।

गौतमका अनुसार शोक प्रस्तावको प्रयोजनको लागि बिहीबार दिउँसो ३ बजे गरी सभामुख देवराज घिमिरेले बैठक बोलाएका छन्।

सोमबार राति एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङको हृदयघातका कारण निधन भएको थियो।

उनको पार्थिव शरीरलाई मंगलबार दिनभर पार्टी कार्यालय च्यासलमा राखियो भने बुधबार उनको निजी निवास बालुवाटारमा राखिनेछ।

छोराहरू आएपछि मात्र बिहीबार उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने एमालेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सरकारले उनलाई राजकीय सम्मानका अन्येष्टि गर्ने निर्णय गरेको छ भने शोक मनाउन भन्दै बिहीबार सार्वजनिक बिदासमेत दिने भएको छ।

भदौ २७, २०८० बुधबार ०८:५६:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।