स्रोत नखुलेको तीन लाख नेपाली रूपैयाँसहित भारतीय नागरिक पक्राउ

स्रोत नखुलेको तीन लाख नेपाली रूपैयाँसहित भारतीय नागरिक पक्राउ

नेपालगञ्ज : बाँकेको सीमावर्ती क्षेत्र जमुनाह नाकाबाट स्रोत नखुलेको नेपाली तीन लाख नेपाली रूपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

युपी ३२ एलएच ३७०४ नम्बरको भारतीय मोटरसाइकलबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको सीमा सुरक्षा गुल्म, जमुनाहाले जनाएको छ।

भारतको बहराइच  जिल्लाका  ३० वर्षीय इस्तियाक अहमदलाई प्रस्तावित सीमा सुरक्षा गुल्म (बिओपी) जमुनाह बाँकेले नियन्त्रणमा लिएको थियो।

भारतबाट मोटरसाइलमा नेपालतर्फ आउँदै गरेका अहमदको साथमा फेला परेको सो रकमको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको हो।

नियन्त्रणमा लिएका उनलाई बरामद रकम र मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि नेपालगञ्ज भन्सार कार्यालय बाँकेमा बुझाइएको छ।

मोटरसाइकलको भन्सार दाखिला मूल्य दुई लाख रूपैयाँ रहेको बताइएको छ।

भदौ २७, २०८० बुधबार ०७:५१:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।