कर्णाली र सुदूरपश्चिमका दुर्गम जिल्लामा एनसेल फोरजी
काठमाडौं : मुगु, डोल्पा, हुम्ला र बाजुराका सदरमुकाममा एनसेलको उच्च गतिको मोबाइल ब्रोडब्यान्ड सेवा विस्तार भएको छ।
एनसेल आजियाटा लिमिटेडले आफ्नो सेवा विस्तार अभियान अन्तर्गत यी ठाउँका स्थानीयहरुलाई डिजिटल कनेक्टिभिटी र प्रविधिले प्रदान गर्ने अवसरहरुसँग जोड्दै फोरजी सेवा सुरु गरेको छ।
फोरजी सेवा सुरु गर्न एनसेलले गत एक महिनामा ठूलीभेरी नगरपालिका (डोल्पा), छायाँनाथ रारा नगरपालिका (मुगु), बडिमालिका नगरपालिका (बाजुरा) र सिमिकोट गाउँपालिका (हुम्ला) मा एक–एक गरी चारवटा फोरजी बेस ट्रान्ससिभर स्टेशन (बीटीएस) स्थापना गरेको छ।
कम्पनीले भी–स्याट प्रविधिलाई प्रतिस्थापन गर्दै फोरजी सेवा सञ्चालन गरेको हो।
एनसेलले फोरजी सेवा विस्तार र क्षमता अभिवृद्धिलाई उच्च प्राथमिकतामा राख्दै आएको छ र मनाङ जिल्लालाई पनि छिट्टै फोरजीले जोड्ने योजना सहित काम गरिरहेको छ।
भदौ २६, २०८० मंगलबार २२:५२:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।