उकेरा टप फाइभ : संविधानसभा अध्यक्ष नेम्वाङको निधनदेखि श्याम श्रेष्ठको २१ वर्षे भिडियोग्राफी अनुभवसम्म

उकेरा टप फाइभ : संविधानसभा अध्यक्ष नेम्वाङको निधनदेखि श्याम श्रेष्ठको २१ वर्षे भिडियोग्राफी अनुभवसम्म

काठमाडौं : मंगलबार बिहानै एमाले उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भयो। हृदयघात भएपछि अस्पताल ल्याइएका उनी अस्पताल आउने बेलासम्म मृत भइसकेका थिए।

नेम्वाङको निधनपछि देशभर राजनीतिक दलका अधिकांश कार्यक्रम स्थगित भए। तर आर्थिक क्षेत्रका कार्यक्रम भने भयो। 

मंगलबारबाटै काठमाडौंको भृकुटीमण्डपमा गाडीहरूको कुम्भ मेला ‘नाडा अटो शो’ शुरू भयो। भदौ ३१ गतेसम्म कार्यक्रमको अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्घाटन गरे।

अब लागौं उकेरा टप फाइभतर्फः
उकेराले बिहानै नेपालमा महिलाको तुलनामा पुरुषहरूले बढी आत्महत्या गर्ने गरेको तथ्याङ्कले देखाउँदै आएको समाचार लेख्यो। समाचारमा बालबालिकाको सवालमा भने वयस्कको तुलनामा आत्महत्याको तथ्यांक ठीक उल्टो देखिएको उल्लेख छ।
पूरा समाचारः नेपालमा किन बालकभन्दा बालिकाले बढी गर्छन् आत्महत्या?

दिउँसो उकेराले पाल्पा–गुल्मी सडकखण्ड अन्तर्गत जोर्ते क्षेत्र सबैभन्दा दुर्घटनाग्रस्त भएपछि कालीगण्डकी करिडोर अन्तर्गत उत्तर–दक्षिण लोकमार्गको ‘अर्गली–रानीमहल–तानसेन’ सडक व्यस्त बन्न थालेको समाचार लेख्यो। भदौ दोस्रो साता दुई दिनको फरकमा जोर्तेमा २ स्करपिओ सुक्खा पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए।
पूरा समाचारः पाल्पा–गुल्मी सडकखण्डमा ‘जोर्ते’को त्रास, चर्चित बन्दै वैकल्पिक अर्गेली–रानीमहल–तानसेन सडक

अपरान्ह उकेराले आफ्नो नियमित स्तम्भ चौथो अंगमा भिडियोग्राफर श्याम श्रेष्ठका अनुभव समेट्यो। जसमा उनले आफ्नो २१ वर्षदेखिको टेलिभिजन भिडियोग्राफी गर्दा भोगेका सुख–दुःख उकेरासँग साटे।
पूरा समाचारः चौथो अंगः रिपोर्टर जुन भिडियोले चर्चित हुन्छन् त्यही भिडियो खिच्ने भिडियोग्राफर किन ओझेलमा?

साँझपख उकेराले सुर्खेतको लेकवेसी नगरपालिका–१ लेखफर्साकी बेसहारा २२ वर्षीया संगीता परियारको उपचारमा बाल रोग विशेषज्ञ डाक्टर एवं सामाजिक अभियन्ता नवराज केसीले सहयोग गरेको समाचार लेख्यो। उकेरामा समाचार छापिएपछि छारे रोगले च्यापेकी उनको उपचार र दुई वर्षसम्मको औषधिको लागि डाक्टर केसीले सहयोग गरेका हुन्।
पूरा समाचारः बेसहारा संगीताको उपचारमा डाक्टर केसीको सहयोग

मंगलबार राति उकेराले सोमबार राति मृत्यु भएका संविधान सभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरमा नबिग्रने रसायन राखिएको समाचार लेख्यो। बिहीबार अन्येष्टि गरिने भएसँगै एक सातासम्म नबिग्रनेगरी पाँच किलो रसायन प्रयोग गरिएको हो।
पूरा समाचारः नेम्वाङको पार्थिव शरीर सात दिनसम्म नबिग्रिने गरि रसायन राखियो, बिहीबार अन्त्येष्टि गरिने

भदौ २६, २०८० मंगलबार २२:२७:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।