एसिया कप : भारत २१३ रनमा अलआउट, श्रीलंकालाई २१४ रनको लक्ष्य

एसिया कप : भारत २१३ रनमा अलआउट, श्रीलंकालाई २१४ रनको लक्ष्य

काठमाडौं : एसिया कप अन्तर्गत सुपर फोरको खेलमा भारतले श्रीलंकालाई २१४ रनको लक्ष्य दिएको छ।

श्रीलंकास्थित आर प्रेमादाशा रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ४९.१ ओभरमा अलआउट भएर २१३ रन बनायो।

भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ५३ रन बनाए। केएल राहुल ३९, इसान किसान ३३, अक्षर पटेलले २६, शुभमन गिल १९ रन बनाए।

मोहम्मद सिराजले अविजित रहँदै ५ रन बनाउँदा बाँकी पाँच खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

श्रीलंकाका दुनिथ वेल्लालगेले पाँच विकेट लिँदा चरिथ असलङकाले चार र महीश थिक्सानाले एक विकेट हात पारे।

यसअघि ४७औं ओभर सकिएपछि वर्षा भएपछि केहीबेर खेल अवरुद्ध भएका कारण जम्मा १० मिनेटको इनिङ्स ब्रेक हुने बताइएको छ।

केहीबेरमा श्रीलंकाले जवाफी ब्याटिङ गर्नेछ।

भदौ २६, २०८० मंगलबार १९:४६:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।